आम निर्वाचन २०७९

काठमाडौं क्षेत्र नं. २बाट राप्रपाले खोल्यो खाता

काठमाडाैं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील केसीले काठमाडौं क्षेत्र नं. २बाट विजय हासिल गरेका छन् ।

केसीले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।

केसीले १ हजार ५१९ मत अन्तरले जितेका हुन् । राप्रपाकाे याे पहिलाे जित हाे ।