वागमती प्रदेशसभातर्फ एमालेका रामेश्वर श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । वागमती प्रदेशसभातर्फ नेकपा एमाले ललितपुर क्षेत्र नम्बर २ मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १४४८ मत अन्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई हराएका हुन् ।

श्रेष्ठले ८२९८ मत ल्याउँदा केसीले ६८५० मत ल्याएका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५९७३ मत ल्याएकी छन् ।