उदयपुर-२ मा एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई पछिपार्दै एमालेका अम्बरबहादुर विजयी

उदयपुर, ६ मंसिर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

खतिवडाले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पछि पारेका हुन्।

यसअघिको निर्वाचनमा भने उदयपुर-२ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए। यसपटक भने सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको थियाे ।

रायमाझी विजयी भएपनि औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने निर्वाचनअधिकृत जीवनकुमार भण्डारीले जनाएकाे छ ।