मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर, १४ मंसिर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामाकाे हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।