स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु

काठमाडाैं, २५ मंसिर । काठमाडौंको कीर्तिपुरस्थित स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

चोभार गेटनजिकै आज बिहान ९ बजे मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसकाे ठक्करले सशस्त्र प्रहरी जवानको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो।

बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।