विद्यालयको प्राथमिकतामा सरसफाइ अनिवार्य

बैतडी,२९ मंसिर । वित्थडचिर गाउँपालिका १ स्थित केदार माविमा विद्यार्थीको सङ्ख्या आठ सयभन्दा बढी छ । बैतडी र बझाङका विद्यार्थी पढ्ने सो विद्यालयमा सरसफाइका लागि भने हम्मेहम्मे पर्छ । पानीको दुवै धारा भएको विद्यालयमा पिउनेदेखि दिवा खाजा पकाउने र शौचालयमा लिनसमेत निकै अपर्याप्त छ । तर कक्षाकोठामा अलि ढिलो भए पनि सरसफाइ भने अनिवार्य नै छ ।

सिँगास गाउँपालिका ९ बैतडीका पदम बोहरा केदार माविमा ८ कक्षामा पढ्नुहुन्छ । उहाँ आएदेखि विद्यालयमा अन्य सिकाइभन्दा सरसफाइ प्राथमिकतामा छ । “हामी कक्षाकोठामा दुई मिनेट ढिलाइ पुगे पनि शौचालय प्रयोगपछि हात नधोएर जाँदैनौँ”, उहाँले भन्नुभयो, “हामी त ठूलो कक्षामा पुगिसक्यौँ । सानो कक्षाका भाइबहिनी पनि हात धोएर मात्र खाजा खान्छन् ।”

उहाँका अनुसार सङ्घसंस्थाका लगानीमा खानीपानीका धारा, फोहर फाल्ने खाल्डा, शौचालय, विद्यालय भवन निर्माण भएपछि विद्यार्थीलाई सरसफाइमा कमी भएको छैन । कहिलेकाहीँ त विद्यालयले नै सरसफाई कार्यक्रम नै गर्ने गरेको उहाँले बताउनुभयो ।