पशुपति शमशेर जबराद्धारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

काठमाडौं, ६ पुस । राप्रपका नेता तथा प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबराले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिनु भएको हो ।

शपथ लिएसँगै उहाँले अन्य प्रतिनिधिसभाका सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।