चिनियाँ राजदूत छन् सोङ आगामी साता नेपाल आउँदै

काठमाडौं,६ पुस । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आगामी साता नेपाल आउने भएका छन् ।

परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि सोङ पुस ११ गते नेपाल आउन लाग्नु भएको हो ।

चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत सोङले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहनु भएको छ ।

नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि फर्किएपछि राजदूतका रुपमा सोङ आउन लाग्नु भएको हो ।