पहिलो पटक संसद भवन छिरेका सांसदहरुको खुशी (७ तस्बिर)

काठमाडौं, पुस ७ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण सुरु भएको छ । राष्ट्रपतिबाट सपथग्रहण गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले  प्रतिनिधिसभाका सदस्यहरुलाई आज सपथग्रहण गराउने कार्यक्रम रहेकाे छ ।

सपथग्रहण अघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बसेपछि सपथग्रहण कार्यक्रम सुरु हुनेछ । पद तथा गोपनीयताको शपथ लिँनका लागि अधिकांश सांसद संसद भवन पुगिसकेका छन् ।

परम्परागत भेषभुषामा सजिएर संसद भवन पुगेका सांसदहरुको मुहारमा छुट्टै खालको खुशी देखिएको छ । सपथका लागि पहिलो पटक संसद भवन छिरेका सांसदहरुको मुहारमा अझ बढी खुशी देखिएको छ ।

संसद भवनमा पहिलो पटक सांसदको हैसियतसहित छिर्नुभएका नेकपा (एमाले)का सांसदहरु दीपा शर्मा, ईश्वरी जीएम, सूर्य ढकाल, महेश बर्तौलालगायत संसद भवन पुगिसक्नु भएको छ । उहाँहरुले पहिलो अनुभवको खुशी व्यक्त गर्नुभएको छ । एमाले तर्फकी कान्छी सांसद जीएम परम्परागत भेषभुषामा संसद भवन पुग्नुभएको छ ।