एमालेकी कान्छी सांसद ईश्वरी जीएमको संसद भवन प्रवेशको पहिलो अनुभव (भिडियो संवाद)

काठमाडौं, ७ पुस । नेकपा (एमाले) तर्फकी कान्छी सांसद ईश्वरी जीएमले आज संसद भवन नयाँ बानेश्वरमा सपथ लिनुभएको छ । आफ्नो भाषा र संस्कृतिको पहिचानसहितको पोशाकमा संसद भवनमा सपथ लिएपछि जीएमको मुहारमा खुशी छाएको थियो । तर, त्योसँगै रोल्पाबाट संसदमा प्रतिनिधित्व गर्दै–गर्दा त्यहाँका जनताको आवाजलाई संसदमा उठाउनै पर्ने गहकिलो जिम्मेवारी काँधमा थपिएको अनुभूति पनि उहाँलाई भैरहेको थियो । चुच्चे नक्शासहितको सांसदको लोगो लगाएर संसद भवनबाट बाहिर निस्किदैँ गर्नुभएकी सांसद जीएमलाई मैत्रीन्युजबाट टेलिफोन संवाद गर्दा उहाँको आवाजमा खुशी छचल्किएको प्रष्ट अनुभूत हुन्थ्यो ।

छिटको गुन्यु, मखमली चोलीसँगै भाङ्ग्रोमा चाँदीका चुरी छन्छन् बजाउँदै मैत्रीन्युजको कार्यालयमा आइपुग्दा उहाँको मुहारमा खुशी छाएको थियो भने जिम्वेवारी थपिएको अनुभूति पनि त्यत्तिकै थियो । उहाँसँग संसद भवन प्रवेशको पहिलो अनूभवसँग केन्द्रित भएर गरेको भिडियो संवाद ।