माला व्युटी एसेस्सरस् एसोसिएसन नेपालको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं, ७ पुस । माला व्युटी एसेस्सरस् एसोसिएसन नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

सौन्दर्यकर्मीहरूको हक, अधिकार र स्थायीत्वको लागि आवाज बुलन्द गर्नका लागि स्थापित माला ब्यूटि एसेस्सरस् एसोसिएसनले स्थापनाको पहिलो साधारण सभा सम्पन्न गरेको हो ।

एसोसिएसनको सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वरमा भएको एक कार्यक्रममा नेकपा एमालेका निवर्तमान प्रदेशसभा सांसद तथा सौन्दर्यकर्मी मिना गुरूङले सौन्दर्यकर्मीहरूको हक, अधिकारका निम्ति सांगठित बन्नु राम्रो भएको बताइन् ।

उनले सौन्दर्यकर्मीहरूको विविध कमिकमजोरी रहेको र त्यस्ता कमिकमजोरी हटाउन एसेस्सरस् एसोसिएसनले महत्वपुर्ण भूमिका खेल्ने बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी)बाट लिइने परिक्षा किताबी ज्ञान भन्दा पनि सिपबाट परिक्षण हुनुपर्ने बताइन् ।

प्रमुख अतिथी तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका (सिटीइभिटी)का राष्ट्रिय सिप परिक्षण समितिका उपाध्यक्ष खगेन्द्र अधिकारीले छरिएर रहेका सिप र सौन्दर्यकर्मीहरूलाई एकतृत गर्नेकाम असाध्यै राम्रो भएको र अबका दिनमा बैधानिक तवरले छलफल गर्न सकिने बताए । उनले सौन्दर्यकर्मीहरूले आफ्नो घर, परिवार र समाजमा आर्थिकरूपले पनि योगदान पुर्याएको बताए

माला व्युटी एसेस्सरस् एशोसियसन नेपालका अध्यक्ष विमला ढुंगेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका (सिटीइभिटी) पाठ्‌यक्रम अधिकृत डी एन पराजुली, बरिष्ठ सौन्दर्यविद प्राडा राज्यश्री श्रेष्ठ, सौन्दयविज्ञ विनु श्रेष्ठ , हेयर स्टाइलिष्ट नारायण नापित, कानुनी सल्लाहकार प्रकाश पाठकलगायतको उपस्थिति रहेको थियो ।

माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको प्रथम साधारण सभाबाट सर्वसहमतीमा नयाँ कार्यसमिति पनि चयन भएको छ ।

कार्यसमितिको अध्यक्षमा विमला ढुंगेल रिजाल चयन भएका छन् भने उपाध्यक्षमा क्रमस: लक्ष्मी महत, सचिवमा शोभा अर्याल, कोषाध्यक्षमा सुष्मा रावल, सदस्यहरुमा,सायद तबस्सुम, सकुन् सुब्बा, रुपा बानियाँ, सावित्रा राई, अमृता विश्वकर्मा चयन भएका छन् ।

देशभर छरिएर रहेकासौन्दर्यकर्मीहरूलाई आधिकारिकरूपमा सांगठित गर्ने हेतुले माला व्युटी एसेस्सरस् एशोसियसन नेपालको स्थापना भएको हो ।