चार्ल्स शोभराज आज कैदमुक्त हुँदै

काठमाडाैं, ८ पुस । कुख्यात अपराधी चार्ल्स सोभराज केन्द्रीय कारागार सुन्धाराबाट आज कैदमुक्त हुँदैछ ।
उनी बिहिबारनै कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको हाे।
केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।
बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नू र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नू’ भन्ने आदेश संगै उनी छुटेका हुन्।
शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद सजायँ काटिरहेका छन्।
सोभराजले जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।