बालुवाटारमा गठबन्धनको खटपटपछि बालकोटमा जुटे चार दल, गणितमा १४२ पुग्ने
भक्तपुर, १० पुस । सरकार गठनबारे चुपचाप बसको नेकपा (एमाले)को अहिले एकाएक सक्रिय बढेको छ ।
गठबन्धनको बैठक छाडेर माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेपछि मुलकको पछिल्लो राजनीतिले नयाँ मोड लिएको छ ।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार अहिले अध्यक्ष ओलीको निवास भक्तपुरमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको उहाँले जानकारी दिनुभयो ।
गतित अनुसार अहिले एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ । यी चार दलको १ सय ४२ सिट हुन्छ ।