महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त हुने

काठमाडौं, १२ पुस । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।

पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेकाे छ ।

पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।