नेप्सेमा करिब ५७ अंकको वृद्धि

काठमाडौँ , १४ पुस । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । विहिबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुगेर बन्द भएको हो । आज कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ भने धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशत बढेको छ ।

त्यस्तै कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । हिमालयन डिस्टिलरीको आज १२ करोड १४ लाख भन्दा बढी कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी पावरको १० करोड १४ लाख, एनआईसी एसिया बैंकको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख कारोबार भएको हो।