बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्दै

काठमाडौं, १७ पुस । बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्दैछ ।

भोलि पुस १८ गते बस्ने बैठकसंगै बागमती प्रदेशसभाको ११औं अधिवेशन हुने भएको हो ।

प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औं बैठक सुरु हुनेछ ।

प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

अधिवेशन दिउँसो १ बजे सुरुहुने जनाएको छ ।