ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुलाले लिए शपथ

एजेन्सी, १८ पुस । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुला इनासियो लुला दा सिल्भाले शपथ लिएका छन्। उनी देशको सर्वोच्च पदमा पुगेकाे याे तेस्रोपटक हाे।

आइतबार कार्यभार सम्हालेका लुलाले जइर बोल्सोनारोको लोकतन्त्र बिरोधी कदमको निन्दा गरे। उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरेका छन्।

हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि गत शुक्रबार बोल्सोनारो देश छाडेर अमेरिका प्रस्थान गरेका छन्। उनले चुनावी परिणामलाई स्वीकार गरेका छैनन्। यो चुनावी नतिजाको अस्वीकार्यताले हिंसात्मक आन्दोलन बढेको छ।

लुलाको कार्यकालको पहिलो निर्णयमा गैरकानूनी वन विनास रोक्न सरकारी वातावरण निकाय इबामाको पुनर्स्थापना र आदिवासी जमिन क्षेत्रमा गैरकानूनी खानी उत्खनन् प्रोत्साहन गर्ने व्यवस्थाको खारेजी रहेको छ।

लुनालाई राष्ट्रपति विद्यादेवि भण्डारीले पनि सफल कार्यकालको शुभकामना सन्देश पठाएकी छन्।