एकीकृत समाजवादीले वाम एकताका लागि बनायो कार्यदल

काठमाडौं, २१ पुस । नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि पहल गर्न र अन्य दलहरूसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।

केन्द्रीय सचिवालयकाे बिहीबार बसेको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सदस्यहरूमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् ।

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहालकाे सरकारलाई विश्वासको मत दिने / नदिनेबारे पटक-पटक बैठकमा छलफल गर्दै आएपनि कुनै निर्णय गर्न सकेन।