न्युनतम साझा कार्यक्रममा साझा सहमति, विश्वासको मत पाउनेमा बलियो बन्दै गठबन्धन

काठमाडौं, २, पुस । उपप्रधान तथा अर्थन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको कार्यदलले १८ बुँदे न्यूनतम साझा कार्यक्रम तयार गरेसँगै एमाले नेतृत्वको वर्तमान गठबन्धनले विश्वासको मत पाउने संभावना थप बलियो बनेको छ । प्रधानमन्त्री प्रचण्डले यहि २६ गते संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार विश्वासको मत लिदैँ हुनुहुन्छ ।

मुखैमा आएको सत्ता गुमाउनु पर्दाको पीडामा रहेको नेपाली कांग्रेसले यहि अवधिमा सत्तास्वार्थका लागि फोहारी खेल खेल्ने प्रयास गरेपछि वर्तमान सत्ता गठबन्धनलाई विश्वासको मत प्राप्त नुहने हो कि भन्ने आशंका पनि पैदा भएका थिए ।

मुलुकको विकास र समृद्धिमा भन्दा पनि सत्तास्वार्थको फोहारी खेलमा रमाउने कांग्रेसका लागि पछिल्लो राजनीतिक अनुकुल देखिएको छैन । यद्यपि, कांग्रेस अहिले त्यहि फोहोरी खेलका लागि गठबन्धनमा रहेका केही साना दललाई प्रधानमन्त्री पदको लोभ देखाएर फुटाउने असफल रणनीतिमा लागेको थियो । न्युनतम झापा कार्यक्रमसँगै उसको यो असफल रणनीति सफल नहुने निश्चित जस्तै भएको छ ।

मुलुकको विकास र समृद्धिमा भन्दा पनि सत्तास्वार्थको फोहारी खेलमा रमाउने कांग्रेसका लागि पछिल्लो राजनीतिक अनुकुल देखिएको छैन । यद्यपि, कांग्रेस अहिले त्यहि फोहोरी खेलका लागि गठबन्धनमा रहेका केही साना दललाई प्रधानमन्त्री पदको लोभ देखाएर फुटाउने असफल रणनीतिमा लागेको थियो । न्युनतम झापा कार्यक्रमसँगै उसको यो असफल रणनीति सफल नहुने निश्चित जस्तै भएको छ

न्युनतम साझा कार्यक्रम सत्ता गठबन्धनमा सहभागी दलहरु एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतको सहमतिमै तयार भएसँगै कांग्रेसको रणनीतिलाई असफल बनाउँदै सानदार ढंगले विश्वासको मत प्राप्त गर्ने संभावना बलियो बनेको हो ।

 साझा कार्यक्रममा राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नजता समाजवादी पार्टीलगायतका दलको मत समेत सम्वोधन गर्ने प्रयास भएपछि यो गठबन्धन थप बलियो बन्ने देखिएको छ । राप्रपाले नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने माग गरेको छ । जसपाले उठाउँदै आएको मागमा पनि सकारात्मक देखिएसँगै जसपा पनि गठबन्धन बाहिर नजाने निश्चित जस्तै बनेको छ । यता नेकपा समाजवादी समेत सम्मानजनक उपस्थिति सहित सरकारमा सहभागी हुने मनस्थितिमा रहेको छ । उसँग १० सिट छ ।

पछिल्लो समय दलहरुबिच भएका छलफलमा २५ सदस्यीय मन्त्रिमण्डलमा एमालेले ९ वटा मन्त्रालय पाउने सम्भावना छ । प्रधानमन्त्री प्राप्त गरेको माओवादीले ५ र रास्वपाले बढीमा ३ राप्रपाले बढीमा ३ र जसपा र नेकपा समाजवादीले २–२ मन्त्रालय पाउने सम्भावना छ । सिके राउतको पार्टीले पनि बढीमा दुईसम्मको दाबी गरेको छ । प्रधानमन्त्रीले २६ गते विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने मुडमा गठबन्धन रहेको छ ।