संसद्को पहिलो बैठक आज बस्दै, दलका नेताहरुले सम्वोधन गर्ने कार्यसूचि

काठमाडौं, २५ पुस । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ । आजको बैठकमा ६ वटा कार्यसूचि रहेका छन् ।

बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकको कार्यसूचिमा दलीय आधारमा आ–आफ्नो दलको तर्फबाट मन्तव्य राख्ने उल्लेख छ । कार्यसूचिमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ ।

त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ । आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ। त्यसबारे आजै संसदलाई ज्येष्ठ सदस्य जबराले जानकारी कार्यक्रम छ ।