अदालतको स्टेअर्डर भएर रोकिएको खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं २५ पुस । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ ।

२०६७ सालको विज्ञापनको नतिजा १२ वर्षपछि (आज) सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो ।

त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।