यो गतिशील स्थायी सरकार हो, एमालेको साथ, सहयोग र समर्थन सधैँ रहन्छः ओली

काठमाडौं, २५ पुस । न्युनतम साझा कार्यक्रम सार्वजनिकपछि सम्वोधन गर्दै एमाले अध्यक्ष एवं उच्चस्तरीय संयन्त्रका संयोजक ओलीले नयाँ गठबन्धन केही गर्नका लागि आएको बताउनुभयो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक पछि सम्वोधन गर्दै उहँले यस्तो बताउनु भएको हो । देशका लागि केही गर्न अहिलेको सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

जनादेश नै फरकसहित बनेको सरकारले देशका लागि केही गर्ने बताउनुभयो । हिजोको गठबन्धनले आफैले सरकार बनाउन नसक्ने अवस्था भएपछि यो सरकार बनेको बताउनुभयो । देशको हितमा अघिल्लो गठबन्धनले केही गर्न नसकेको बताउनुभयो ।

अहिलेको ताजा जनादेश र मतादेशले जनताका आशा, भरोसा र अपेक्षालाई ध्यानमा राखेर सरकार बनेको बताउनुभयो ।

उहाँले कार्यक्रकमा बोल्दै यो सरकार ढाल्न कसैले नसक्ने बताउनुभयो । उहाँले यो सरकार स्थायित्वका लागि बनाएको भन्दै बलियो ढंगले सरकार अघि बढ्ने दाबी पनि गर्नुभयो । उहाँले स्थायी सरकार हो भन्दै हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभयो । गतिशील स्थायी सरकार भएको भन्दै उहाँले त्यहि अनुसारले चल्ने पनि दाबी गर्नुभयो । एमालेको यो सरकारलाई साथ, सहयोग र समर्थन रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले असाधारण मतसहित विश्वासको मत प्राप्त हुने दाबी पनि गर्नुभयो । अन्तराष्ट्रिय मित्रहरुलाई आशंका नराखी अघि बढ्न र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले असल छिमेकी सम्बन्ध कायम गर्दै अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।