सुरक्षा निकायलाई सक्षम, व्यवसायी र उत्तरदायी बनाउने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं, २६ पुस । प्रधानमन्त्री प्रचण्डले एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गर्ने, सुरक्षा निकायलाई सक्षम, व्यवसायी र उत्तरदायी बनाउन ऐन परिमार्जन गर्ने र नयाँ ऐन तर्जुमा गर्ने वताउनु भएको छ । आज संसदमा विश्वासको मत लिनु अघि सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अहिले आर्थिक अनुकुलतामा नरहेको भन्दै उहाँले आगामी पाँच वर्ष भित्रमा आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने लक्ष्यसहित काम गर्ने दाबी पनि गर्नुभयो ।