निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई अघि बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं, २६ पुस । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विमाको दायरा फराकिलो बनाउने बताउनु भएको छ । आज संसदमा विश्वासको मत लिनु अघि सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नीजि क्षेत्रको समेत सहयोगमा स्वदेशमै रोजगारी सिर्जना गर्ने पनि उहाँले बताउनुभयो ।

जिजगढ विमानस्थल निर्माणको कामलाई अघि बढाउने, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो । उहाँले लाइनमुक्त मुलुक निर्माणको अभियानमा सरकार लाग्ने भन्दै जनताको अभिभावक सरकार हो भन्ने अनुभूति गराउने गरी काम गर्ने पनि उहाँले वताउनुभयो । उहाँले सेयर बजारमा आएको सकारात्मक सन्देशले पनि सरकारप्रति जनताको विश्वास बढेको बताउनुभयो ।