कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने तर विपक्षमा बस्ने

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि खरो रुपमा उभिने बताउनु भएको छ । आज संसदमा विश्वासको मत दिनु अघि सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बताउनुभयो । तर, उहाँले विपक्षमा बस्ने बताउनु भयो ।