देउवालाई ओलीको प्रश्न ‘ गुरुजी ! संसद विघटन कस्ले गरेको थियो ?’

काठमाडौं, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई चिया गिलासमै हाल्ने निर्णय गरेर सकारात्मक काम गरेको बताउनुभयो । ‘मैले हिजो गिलामा चिया नहालेर कार्पेटमा नपोख्नु भनेको थिएँ,’ उहाँले प्रचण्डलाई विश्वासको मत माग्नु अघि सम्वोधन गर्दै भन्नुभयो, ‘उहाँहरुले सुन्नु भए जस्तो छ । यो स्वागतयोग्य छ ।’ ओलीले संसद विघटनको आरोप आफूलाई लगाएको भन्दै ०५८ मा संसद विघटन गरेर माघ १९ घटाउने देउवा भएको भन्दै उहाँले आफूलाई त्यसो भन्न नमिल्ने बताउनुभयो । २०५९ जेठ ८ गते गरेको संसद विघटनप्रति लक्षित गर्दै ओलीले देवालाई भन्नुभयो– ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ? मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?’