देउवालाई ओलीको जवाफः माछा नभएको खोलामा ढोक्से थापेको हो भने माछा पर्नेवाला छैन

काठमाडौं, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै राजनीतिक दलसँग प्रचण्डलाई विश्वासको मत माग्नु भएको छ । कांग्रेसले प्रचण्डलाई विश्वासको मत असल मनसायले दिएको हो भने धन्यवाद भन्दै ढोक्से थापेर माछा जालमा पार्ने नियतले हो भने त्यो बेकार हुने दाबी गर्नुभयो । ‘असल मनसायले कांग्रेसले विश्वासको मत दिएको हो भने धन्यवाद,’ उहाँले भन्नुभयो, ‘तर, गलत मनसायले ढोक्से थापेर माछा नभएको खोला वा खोल्सीमा ढोक्सा थापेर जाल फ्याँकेको हो भने ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन । ढोक्सा रित्तै हुन्छ ।’