ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट

भक्तपुर, २७ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उहाँहरुबिच छलफल भएको हो । अध्यक्ष प्रचण्ड गोरखाबाट फर्के लगत्तै ओली निवास बालकोट पुग्नु भएको हो । उहाँहरुबिच मन्त्रालय बाँटफाट लगायतका विषयमा केन्द्रित भएर कुराकानी भएको बुझिएको छ ।