७२ जना सवार र्दुघटनाग्रस्त विमानमा सवार यात्रुको सूचि

काठमाडौं, १ माघ । गत २२ डिसेम्बरका दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गर्दै डेमो उडान गरेको ९एन ९एएनसी० जहाज आज दुघंटनामा परेको हो ।  यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला दिएको जानकारी अनुसार १० जना विदेशी र पाँच जना भारतीय नागरिकसहित पोखरा उढेको जहाज आज चालक दलका सदस्यसहित ७२ जना लिएर उडान भरेको थियो ।

अनुभवी क्याप्टेन कमल केसीले उडान भरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको थियो । यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने भए पनि त्यो अघि नै दुर्घटनामा परेको थियो । चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरको देखिएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले दिइएको जानकारीस् अनुसार पनि विमान नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो ।