जहाज दुर्घटना

खोज, उद्धार र उपचारमा जुट्न गण्डकीका मुख्यमन्त्रीको अपिल

काठमाडौं, १ माघ गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले आज पोखरामा दुर्घटनाग्रस्त विमान र त्यसमा सवार यात्रुको खोज तथा उद्धारमा सक्रिय हुन आग्रह गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो अपिल गर्नुभएको हो ।

‘सबै नेपालीहरुले माघे संक्रान्ति पर्व मनाइरहेका बेला आज विहान पोखरा आकाशमा ६८ जना यात्रु र चालक दलका ४ जना सदस्यसहित उडेको यती एयरलाइन्स एटीआर ७२ विमान दुर्घनामा परेको खवरले खुशी बनाएको छ,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘म स्वयं घटनास्थल पुगी दुर्घद्धनामा परेको स्थल खोज तथा उद्धारको अवलोकन गर्दाको हृदयविदार परिदृश्यले थप गम्भीर र स्तब्ध भएको छ ।’

उहाँले यस घडीमा उक्त विमानमा यात्रा गर्नुहुने स्वदेशी ताथा विदेश यात्रुहरुको छिटो उद्धार गरी घाइतेहरुको उपाचार संलग्न हुन खोज उद्धार गरी घाइतेहरुको उपचारमा संलग्न हुन सुरक्षा निकाय, नागरिक समाज सबैमा अपिल गर्नुभएको छ ।

‘विमान दुर्घटनाको प्राविधि तथा गैरप्राविधिक कारणबारे अुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नु पर्ने भएको छ,’ उहाँले भन्नुभएको छ,’ ‘यतिबला यो सम्वेदनशील घडीमा सबै एकीकृत भएर खोज, उद्धार र उपचार जुट्न अपिल गर्दछु ।’