विदेशी मिडिया बीबीसीदेखि सिएनएनसम्म पोखरा विमान दुर्घटनाका समाचार

माध्यमममा विमान काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि अहिले दुर्घटनास्थलमा खोज र उद्धार कार्य जारी रहेको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएसँगै विमानमा सवार यात्रुहरु जीवित भेट्ने आशा कम हुँदै गएको छ ।

उक्त जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ। पोखरा विमान दुर्घटनाका समाचारलाई विभिन्न विदेशी सञ्चार माध्ययमले पनि प्राथमिकताका साथ छापेका छन् । द इन्डियन एक्सप्रेसले ‘नेपालको जहाज दुर्घटनाको लामो इतिहास शीर्षक’मा समाचार छापेको छ । कहिले–कहिले विमान र्दुघटना भए भनेर समाचार उल्लेख गरिएको छ । टाइम्स अफ इन्डियाले पनि पोखरा विमान दुर्घटनाको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

नवभारत टाइम्सले पनि जहाज दुर्घटना हुनु अघिको भिडियोसहित समाचार छापेको छ भने पछिल्ला अपडेटलाई पनि उसले निरन्तर छाप्दै आएको छ । विविसी न्युले पोखरा विमान दुर्घटनाको समाचारलाई प्राथमिकताका साथ छापेको छ । पछिल्लो अपडेटमा ४० वटा शव भेटिएको खवरलाई समेत उसले प्राथमिकताका साथ छापेको छ । सिएनएन न्युजले पछिल्लो अपडेट अनुसार ३२ जनाको मुत्यु भएको समाचार छापेको छ । उसले पनि पोखरा जहाज दुर्घटनाको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।