एमालेबाट विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने

काठमाडाैं, ३ माघ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन्।

राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन्।

यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएकी थिइन्।

उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भएकी थिइन् ।