सुदूरपश्चिमको सभामुखमा गठबन्धनका भण्डारी निर्वाचित

धनगढी, ३ माघ । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।

तेस्रो पटक भएको मतदानबाट माओवादी केन्द्रका भण्डारी सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए ।

यसअघि प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेको हो।

तीन पटकको मतदानपछि बल्ल सुदूरपश्चिममा सभामुख पाएको हाे ।