सपथ ग्रहण समारोहका १५ तस्बिर

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक मन्त्री मण्डल विस्तार गरेको छ । आज गठबन्धनमा सहभागी दलहरु नेकपा (एमाले), माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलबाट रिफारिस मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भएको हो ।

यस अघि नै प्रचण्ड प्रधानमन्त्री हुँदा एमालेबाट विष्णु पौडेल अर्थमन्त्रीको जिम्मेवारी र रवि लामिछाने गृहमन्त्री नियुक्त हुनुभएको थियो । माओवादीका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुभएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री हनुभएको छ । उहाँलाई उपप्रधानमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री नियुक्त हुनुभएको छ । दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ ।
तस्बिरः राष्ट्रपतिको सचिवालय