सभामुखका लागि भोलि उम्मेदवारी दर्ता, एमालेबाट काे बन्ला सभामुख ?

काठमाडाैं, ३ माघ । प्रतिनिधि सभाको सभामुख चयन गर्नका लागि संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ।