सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल नहुने भन्दै नेमकिपाले गरे प्रमुख विपक्षी दलको दाबी

काठमाडाैं, ५ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई विपक्षी दलको मान्यता पाउनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको नेमकिपा विश्वासको मत नदिने दलमध्ये सबैभन्दा ठूलो दल भएको भन्दै कानून बमोजिम दलको नेता तोकेर मात्र अरू प्रक्रिया अघि बढाउन संसद् सचिवालयको ध्यानाकर्षण गराउनुभएकाे हाे ।