झापाको एभरेष्ट चिया बगानमा भेटिए युवा-युवती मृत

काठमाडौं, १० माघ । झापाकाे एभरेष्ट चिया बगानमा युवा-युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको हाे ।

डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको प्रहरीले जनाएकाे छ ।