एमालेबाट चार मन्त्रीसँगै वागमती प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल, कस्लाई कुन मन्त्रालय ?

काठमाडौं, ११ माघ । वागममती प्रदेश सरकारले पुर्णता पाउने भएको छ । गठबन्धनको भागबण्डा अनुसार वागमती प्रदेशको मुख्यमन्त्री माओवादीका भागमा परेको थियो । माओवादीका तर्फबाट शालिकराम जमरकट्टेल यस अघि नै मुख्यमन्त्री बन्नुभएको छ ।

त्यसैगरी एमालेका तर्फबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नु भएको छ । एमालेको भागमा परेका चार मन्त्रालय मध्ये अब थप तीनजनामा मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठ मन्त्री बन्ने हुनुभएको छ ।

पोखरेल यस अघि पनि प्रदेश सांसद हुनुहुन्थ्यो भने श्रेष्ठ महालक्ष्मी नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । प्राप्त जानकारी अनुसार मन्त्रीका लागि सिफारिसमा पर्नु भएका मध्ये पोखरेलले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यसैगरी रामेश्वर श्रेष्ठले स्वास्थ्य र एकालालले यातायात तथा श्रम मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उहाँहरु सबैले आजै २ बजे सपथ लिने तयारी छ ।

१४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णय भैसकेको छ । माओवादीले मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार, आन्तरिक मामिला र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । राप्रपाले सिंचाई र पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गंगानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको छ ।