कर्णाली प्रदेशले पायो पूर्णता (यस्तो छ मन्त्रीमण्डलको सूचि)

काठमाडौं, १२ माघ । गठबन्धनको भागबण्डा अनुसार माओवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा एमालेबाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी टेकराज पछाईले पाउनु भएको छ ।

उहाँ जुम्लाबाट निर्वाचित सांसद हुनुहुनछ । त्यसैगरी एमालेबाटै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका जितबहादुर मल्लले पाउनु भएको छ । उहाँहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । नियुक्त हुनु भएका मन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनु भएको हो ।

त्यस्तै, माओवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण बहादुर जीसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा भीमप्रकाश शर्मा नयाँ मन्त्री थपिनु भएको छ ।

यसअघि एमालेबाट आर्थिक मामिता तथा योजना मन्त्रालय विनोद कुमार शाह र माओवादीबाट भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयका मंगल बहादुर शाहीले पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्मासँगै शपथ ग्रहण गर्नुभएको थियो ।