विवेकशील साझाको महाधिवेशन आजदेखि

काठमाडाैं, २७ माघ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन शुक्रबारदेखि सुरू भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रथम महाधिवेशनमा शुभकामनाका लागि महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल उपस्थित हुने जनाएकाे छ ।

त्यतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत आउने विवेकशील साझाले जनाएको छ।

महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।