राष्ट्रपतिबाट संसदको संयुक्त बैठकलाई सम्बोधन (पूर्ण पाठसहित)

मुलुकको अबको ध्यान आर्थिक समृद्धितर्फ

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुभयो । प्रतिधिनिसभा निर्वाचन पछिको पहिलो अधिवेशनलाई राष्ट्रपतिबाट सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिबाट आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकमा भएको राजनीतिक परिवर्तनको चक्र पूरा भइसकेको कारणले अब मुलुकको ध्यान विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पछिल्ला केही समयमा मुलुकको आर्थिक सूचकहरुमा केही सुधारको संकेत देखिए पनि यो अझै दिगो भइसकेको नदेखिएको कारणले यसमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकको अर्थतन्त्र आयातमुखी बन्दै गएका कारण ब्यापारघाटा पनि बढ्दै गएकाले अर्थतन्त्रमा तत्काल सुधारको आवश्यक रहेको औंल्याउँदै उहाँले कृषिको उत्पादकत्व बढाउन र खाद्य सुरक्षा सुनिश्चित गर्ने कार्यक्रम अघि ल्याउनुपर्ने सुझाव पनि सरकारलाई दिनुभयो ।

कृषि क्षेत्रमा पनि खास खास खाद्यान्नको उत्पादन बढाई उपभोग पश्चात त्यसलाई निर्यात समेत गरेर व्यापार घाटा घटाउनु पर्ने सुझाव पनि राष्ट्रपति भण्डारीले सरकारलाई दिनुभएको छ ।

उद्योग व्यवसायको विकासका लागि निजी क्षेत्रबाट अगाडि सारिएको ‘नेपालमै बनाउँ’, ‘नेपालमा बनेको’ जस्ता कार्यक्रमलाई अघि बढाउनु राम्रो हुने विचार पनि उहाँले पोख्नुभयो ।

त्यस्तै विभिन्न कारणले नेपालमा लगानी गर्न गाह्रो भई विदेशतिर पलायन हुँदै गइरहेको लगानीलाई नेपालतिरै आकर्षित गर्नुपर्ने र त्यसको लागि विशेष कार्यक्रम तर्जुमा गर्नुपने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।

हाल दैनिक रुपमा भइरहेको प्रतिभा पलायनलाई रोक्न श्रमको उचित प्रतिफल दिनुपर्ने र देशमा काम गरेर केही हुँदैन भन्ने भावनामा परिवर्तन आवश्यक रहेको तर्फ पनि उहाँले औंल्याउनुभयो । त्यस्तै उहाँले हाम्रा विश्वविद्यालयहरुमा दिइने शिक्षालाई रोजगारीसँग जोड्नेतर्फ ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

सूचना प्रविधिमा आएका नयाँ नयाँ विकासहरूले मानिसको जीवन यापन सहज हुँदै गए पनि सूचना प्रविधिकै कारणले अपराध बढिरहेको तर्फ पनि आवश्यक ध्यान यसको न्यूनीकरणको लागि पहल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य उपचार गर्न नपाएरै कसैको ज्यान जाने अवस्था आउन नपरोस् भन्नाका लागि गरिब जनताको पहुँच समेत स्वास्थ्य उपचारसम्म सहजै पुर्याउनुपर्ने तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

हाल महिला साक्षारता बढिरहेकोमा खुशी व्यक्त गर्दै उहाँले प्रश्न पनि राख्नेभयो, ‘अहिले विद्यालयमा छात्राको संख्या बढिरहेको पाइन्छ । तर उनीहरुले विद्यालय शिक्षा पूरा गर्न सकेका छन् वा छैनन् त ?’

अहिले सूचना प्रविधिमा तीव्र रुपमा विकास भइरहेको अवस्थालाई ध्यानमा राख्नै सूचना प्रविधिले बाल मनोविज्ञानमा परेको असरको पनि विश्लेषण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

विकास निर्माणका कार्यहरुमा कानुनी समस्याहरू र खरिद ऐन जस्ता विषयले पनि समस्यामा पारिरहेका कारण यो समस्या समाधान गर्न कानून निर्माणमा सरकारले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने सुझाव पनि उहाँले दिनुभयो ।

त्यस्तै पूर्वाधार निर्माणमा देखिएको समन्वयनको कमीलाई हल गर्न संयन्त्र निर्माण गर्ने र नयाँ आयोजनाहरु शुरु गर्नुभन्दा पनि पुराना आयोजनाहरुलाई नै समयमै समापन गर्नु राम्रो हुने बिचार उहाँले राख्नुभएको छ ।

विद्युत उत्पादन र खपटलाई समन्वयकारी ढंगले बढाउँदै लानु पर्दछ ।

ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै लानु आवश्यक छ ।

विकास निर्माण सम्बन्धी कार्यले पर्यावरण र जैविक विविधतालाई पार्ने असरलाई पनि ध्यान दिनुपर्ने र विकास निर्माणको कार्य गर्दा जलवायु परिवर्तनको असरलाई पनि अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालको हिमालले विश्वमै खानेपानीको उत्पादनमा टेवा पुर्याइरहेको बताउँदै उहाँले हामीले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने विषयमा पनि जोड दिनुभयो ।

 (पूर्ण पाठसहित)