बुद्धनगरस्थित ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा सख्त घाइते

काठमाडौं, ४ फागुन । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा सख्त घाइते भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित भण्डारीको आफ्नै निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा सख्त घाइते भएकाे हाे ।

पारिवारीक स्रोतका अनुसार भण्डारी र उनकी आमा राति खानाएर सुतेको बेला सिलिण्डर विस्फोट भएर घाइते भएको हाे । घाइतेहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको जनाएको छ ।