अखिल अध्यक्षमा समिक बडाल, अनेरास्ववियु हाँक्ने पदाधिकारीको यस्तो बन्यो टिम

काठमाडौं, ४ फागुन । २०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएपछि एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको निर्वाचन हुन सकेको थिएन ।

दुई–दुई वर्षमा हुनुपर्ने अनेरास्ववियुको महाधिवेशन २२ औँ महाधिवेशनपछि २३ औँ महाधिवेशन हुन ८ वर्ष कुर्नुपर्यो । काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न अखिलको २३ औं महाधिवेशनले आठ वर्षपछि निर्वाचित नयाँ नेतृत्व पाएको छ ।

पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढी मैदानमा थिए । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव र १० सचिव र एक कोषाध्यक्षका लागि भएको निर्वाचनमा समिक बडाल अध्यक्ष निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गोविन्द्र गिरी, मर्यादा विष्ट, धर्म गिरी र नारायण घर्ती विजयी हुनुभएको छ ।

महासचिवमा नरेश रोकाया विजयी हुनुभएको छ । सचिवमा प्रकाश पौडेल, सञ्जिव धिताल, सुजन कडरिया, दिपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक लिष्ट भने केही बेरमा प्रकाशन गर्ने जानकारी दिएको छ । महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि मध्ये १५ सय १७ मत खसेको थियो ।