एमाले अध्यक्ष ओली भेट्न प्रचण्ड बालकोट

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुग्नुभएकाे छ ।
राष्ट्रपति निर्वाचनकाे विषयलाइ लिएर प्रधानमन्त्री प्रचण्ड छलफलका लागि बालकोट पुग्नुभएकाे हाे ।
राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अध्यक्ष ओली र प्रचण्डबीच भेटघाट बाक्लिएको छ । प्रधानमन्त्री माओवादीलाइ बनाएपछि राष्ट्रपतिमा एमालेकाे दाबी रहँदै आएकाे छ ।
माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ ।