पशुपतिनाथ मन्दिरमा नागाबाबाका १९ भावभङ्गी (तस्बिरसहित)

काठमाडौं, ६ फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आज एकै दिन साढे चार लाख बढी भक्तजनले दर्शन गरेका छन्। आज पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। यसमा गुठी संस्थानको पनि सहयोग छ। नागाबाबाका भिन्नि भावभङ्गीले भक्तजनहरु झुम्मिएका दृष्यहरु देखिएका छन् ।