आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी, ७ फागुन । गुल्मीमा आगाेमा जलेर एक जनाकाे मृत्यु भएकाे छ । आगोमा जलेर ८३ वर्षीया महिलाको मृत्यु भएको हाे ।

गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहनुभएकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिनुभयो ।

घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।