मानवाधिकारवादी नेता डा. मथुरा श्रेष्ठ रहनुभएन

काठमाडौं, ८ फागुन । वरिष्ठ मानव अधिकारवादी नेता एवं पूर्व मन्त्री डा. मथुरा श्रेष्ठ रहनुभएन । आज बिहान ४ः१५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उहाँको निधन भएको हो । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली र मानव अधिकार आन्दोलनमा प्रारम्भदेखि नै सक्रिय रहनुभएका डा. श्रेष्ठ वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा बनाइएको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

नेपालमा मानव अधिकार आन्दोलनको शुरुदेखि नै सक्रिय रहनुभएका उहाँ नेपालको पहिलो मानव अधिकार संगठन ‘मासम’ को अध्यक्ष पनि बन्नुभएको थियो ।

पारिवारिक स्रोतका अनुहार उहाँको अन्तिम संस्कार भोलि बिहान ९ बजे पशुपति आर्यघाटमा गरिनेछ । अहिले उहाँको पार्थिव शरीरयात टिचिङ अस्पतालमा राखिएको छ ।

उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा. इन्दिरा श्रेष्ठको गत वर्ष निधन भएको थियो ।