राष्ट्रपतिको विषयलाई सत्ता गठबन्धनसँग जोड्नु हुँदैनः देव गुुरुङ

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका महासचिव देव गुुरुङले राष्ट्रपतिको विषयलाई सत्ता गठबन्धनसँग जोड्न नहुने बताउनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
‘राष्ट्रपतिको विषयलाई सत्ता गठबन्धनसँग जोड्न हुँदैन,’ सञ्चारकर्मीहरुले राष्ट्रपतिको विषयलाई लिएर गठबन्धन टुट्न लागेको हो भनेर गरेको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो विषय सत्ता गठबन्धनसँग जोडिएको विषय हो र यो ? दलविशेषको मामला हो र ? सत्तापक्ष र विपक्षको मामला हो र ? उहाँले कुनै दलले राष्ट्रपतिमा प्रस्ताव राख्न पाउँदैन भन्ने कतै नभएको भन्दै प्रस्ताव राख्ने एउटा पाटो भएकाले संविधानको भावनाअनुसार जानुपर्छ भन्नुभयो । उहाँले पहिला पनि दलविशेषको राष्ट्रपति हुँदा दलबाट राजिनामा दिएर स्वतन्त्र भएको स्मरण गराउनुभयो ।