‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाउनु दुःखद : ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय विल्कुलै गलत भएको उनले बताए ।
अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए।
आज बिहीबार आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् ।
आज परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लेख्नु भएको पुस्तक विमोचन तथा धम्मावती गुरुमा लगायत ९० जना जति बौद्ध भिक्षुणीहरुको उपस्थितीमा विश्वशान्ति प्रार्थना गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।उनले प्रचण्डलाई लक्षित गर्दैउनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए।
ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई अबदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो। त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए। नेपाली जनतामा परस्परमा लड्नेलडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उनले बताए।