राष्ट्रिय सहमतीको नारा विर्सिएर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन आठ दलको सहमति

काठमाडौं, १२ फागुन, । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका आठ दलले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति गरेका छन् ।
बालुवाटारमा जारी बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले मैत्रिन्युजलाई जानकारी दिनुभयो ।
आज साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै त्यसलाई अघि बढाउन सत्ता समिकरणमा पनि एकतावद्ध भएर जान आग्रह गर्नुभएको थियो ।